Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Stories Nepali

निशा दर्नाल र युवराजलाई स्वर्ण

Editorial Team by Editorial Team
June 12, 2022
in Nepali, Sports
0
निशा दर्नाल र युवराजलाई स्वर्ण
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ —

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्ष पुरुष एकलमा गोदावरी फिटनेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मूलपानीका आयुश ढुंगेलले कांस्य जिते । महिलामा आर्मीकी पूर्णिमा बस्नेत, बुटवलकी एलिजा रोकाया तथा बुटवलकै नुतन गुरुङ र हात्तीवनकी रोस्लिन ओझाले क्रमश: स्वर्ण, रजत र कांस्य जिते ।

नेपाल पुलिस क्लबकी खेलाडी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेकी छन् । उनले १८–२२ वर्ष उमेर समूहको महिला एकलमा स्वर्ण जितेकी हुन् ।

आर्मीकी स्वस्तिका तामाङले रजत तथा पुलिसका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जितेका थिए । सोही स्पर्धाको पुरुषमा युवराज राना स्वर्ण, अस्मिन राउत रजत तथा राम गोले र लक्ष्मण गोले कांस्य पदक जित्न सफल भए । चारै खेलाडी पुलिसका हुन् ।

१२–१५ वर्षको पुरुष एकलमा नुवाकोटका साजन तामाङले स्वर्ण, आरबीका निश्चल धानीले रजत तथा स्युचाटारका आर्जन श्रेष्ठ र न्युजेनका सम्राट सिंहले कांस्य जितेका थिए । सोही स्पर्धाको महिलामा गोदावरीकी सरगम थापा स्वर्ण, स्वयम्भूका तारा वाइबा रजत तथा स्वयम्भूकी सुवानी तामाङ र बुटवलकी अनुष्का तामाङ कांस्य जित्न सफल भए ।

१०–१२ वर्षको पुरुष एकलमा गोदावरीका नीरव महर्जन पहिलो, स्टेपिङ स्टोनका अदृश रायन दोस्रो तथा स्युचाटारका रोदन राई र लैनचौरका इराजसिंह ठकुरी तेस्रो बने । महिलामा न्युजेनकी सृष्टि स्याङ्बो पहिलो, झापाकी खुशी गौतम दोस्रो तथा जैसीदेवलकी मुविक्ष्या गजुरेल र आर्मीकी कुसुम तामाङ तेस्रो भए ।

प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सागरलाई स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा सम्पन्न पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई हराए । आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेस्रो भए ।

पुरुष ३४ केजीमुनि बाँकेका जीवेशजंग शाहीले फाइनलमा चाँदनीका आशिष माझीलाई हराएर स्वर्ण जिते । नुवाकोटका अशोक तामाङ र टोखाका राजन कर्माचार्य तेस्रो भए । महिला ३१ केजीमुनि चन्द्रागिरिकी सेली गुरुङले बाँकेकी रितु राजकोटीलाई हराएर स्वर्ण जितिन् । आयोजककी रितिका थापा र एसकेबीसीकी याङजुम शेर्पा तेस्रो भए । महिला ३७ केजीमुनि बाँकेकी अनु थापाले स्वर्ण भिडन्तमा नेवारेकी आशा शाहीलाई हराइन् । एसकेबीसीकी देवुना केसी र राष्ट्रिय विभूतिकी सन्जु सापकोटा तेस्रो बने ।

 

Advertisement Banner
Previous Post

भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

Next Post

फिल्म ‘काँडेतार’को टिजर रिलिज

Editorial Team

Editorial Team

Next Post
फिल्म ‘काँडेतार’को टिजर रिलिज

फिल्म ‘काँडेतार’को टिजर रिलिज

Recommended

Pope Francis names three women to bishops advisory committee

Pope Francis names three women to bishops advisory committee

4 years ago
६.१ म्याग्निच्युडको भूकम्प ताइवानमा : चीन, फिलिपिन्स र जापानसम्म धक्का

६.१ म्याग्निच्युडको भूकम्प ताइवानमा : चीन, फिलिपिन्स र जापानसम्म धक्का

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.