बालेनको निर्णय- ‘आदिपुरुष’को संवाद नसच्याए काठमाडौंमा कुनै हिन्दी फिल्म चल्न दिन्नौं’

भोलि शुक्रबारबाट संसारभर प्रदर्शन हुन लागेको लागेको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्याएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने बोल्ड निर्णय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेका छन् । उनले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै संवाद सच्याउन तीन दिनको समय दिएका छन् ।बालेनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस ।’ उनको यो निर्णयसँगै ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन अन्योल बनेको छ ।

 

Comments are closed.