साहित्यकार किरण आचार्यको जरत्कारु’ उपन्यास लोकार्पण

नेपालगञ्ज, मङ्सिर । साहित्यकार किरण आचार्यद्वारा लिखित ‘जरत्कारु’ उपन्यास नेपालगञ्जमा लोकार्पण गरिएकोछ ।आचार्यका यसअघि थारू भाषाको ‘सँपरजुवा’ कथासङ्ग्रह, कथासङ्ग्रह ‘क्यान्टोनमेन्ट’ तथा ‘अस्तित्व’ र ‘अनुभूति’ नामका दुई लघु–कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
शाश्वत फाउन्डेसनले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनतरेग्मीलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभयो ।
कृतिमाथि समीक्षकद्वय लेकप्रसाद प्याकुरेल र पुष्कर रिजालले समीक्षा गर्नुभएको थियो । प्याकुरेलले कृतिमा रहेकादार्शनिक पक्ष र रिजालले कृतिको कथावस्तुमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा लेखक तथा विश्लेषक नरेन्द्रजङ्ग पिटर, पत्रकार शुक्रऋषि चौलागाईं, कवि नवीन अभिलाषी, सालिकरब्बानीलगायतले कृतिको सफलताको कामना गर्नुभयो ।
शिखा बुक्स काठमाडौँले प्रकाशित गरेको उपन्यास पौराणिक विषयवस्तुमा आधारित छ । पुस्तकमा बहुविवाहका घातकपरिणामबारे चित्रण गर्दै नारीप्रति युगौँदेखि हुँदै आइरहेको दुव्र्यवहार र विभेदको चित्रण गरिएको छ ।
नेपाली नारीले वर्तमानमा भोगिरहेको यथार्थ र गर्दै आएका सङ्घर्षलाई प्रतीकात्मक रूपमा सो उपन्यासमा प्रस्तुत गरिएकोछ । शाश्वत फाउन्डेसनका संरक्षक जनार्दन आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुई दर्जन साहित्यकारले रचनावाचन गर्नुभएको थियो ।

 

Comments are closed.