पोखरा- गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको हो । तेस्रो हप्ता नपुग्दै देवकोटाले दोस्रो पटक सपथ लिएका छन् ।
‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । चार दिन पनि उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएनन् ।
पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले देवकोटालाई जेठ ३२ गते कारबाही गर्यो । सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए ।
नेकपा माओवादी केन्द्रले गरेको कारवाहीविरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरे ।
माओवादीको चिह्न लिएर गोरखा- २ को प्रदेशसभा(क)बाट निर्वाचित देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै सर्वोच्चले गत सोमबार अन्तरिम आदेश दिएको हो ।
सात मन्त्रालय रहेको गण्डकीको मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री पाण्डेको क्याविनेट देवकोटाले सपथ खाएपछि पाँच सदस्यीय बनेको छ ।
बजेट पास गरेर राप्रपालाई पनि सरकारमा ल्याउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.