Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
June 12, 2022
in Feature, Kathmandu, Nepal, Nepali, Opinion
0
‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’कार्यक्रम सम्पन्न
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागले आयोजना गरेको ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयमा एक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रवचन दिँदै अन्तर्राष्ट्रिय कानुनका जानकार प्राध्यापक सूर्यप्रसाद सुवेदीले मनुस्मृति संशोधन हुनुपर्ने बताएका छन् र भारतका नेता महात्मा गान्धी र जवाहरलाल नेहरूले समेत मनुस्मृतिको पालना गर्न नसकेको बताए  ।
अन्तर्राष्ट्रिय कानुनका जानकार सुवेदीले ‘नेपालको शासन पद्धति मनुस्मृतिमा आधारित छ,’ उनले भने, ‘मनुस्मृति संशोधन हुनुपर्छ, त्यसकानिम्ति विद्वद् मण्डली खडा गर्न जरुरी छ ।’ सुवेदीका कानुनसम्बन्धी दर्जन पुस्तक पुस्तक प्रकाशित छन् । त्यसमध्ये ‘पूर्वीय सभ्यतामा मानवअधिकार’ पुस्तक चर्चामा छ ।
हिन्दु धर्ममा जात व्यवस्थाका कारण सबभन्दा धेरै आलोचित रहेको सुवेदीले उल्लेख गरे । ‘हिन्दु धर्ममा जात व्यवस्था छ र त्यो व्यवस्था नै मानव अधिकारको बर्खिलाफमा छ,’ हिन्दु धर्ममा मनुस्मृति र कौटिल्यले जात व्यवस्थालाई बढी जोड दिएको उल्लेख गर्दै प्राध्यापक सुवेदीले भने, ‘शासन व्यवस्थालाई बलियो पार्ने काम गरे । जात व्यवस्थालाई बढी संगठित गरेका थिए । त्यसैले मुनुस्मृतिको संशोधन हुनुपर्छ ।’
बेलायतले नयाँ आधुनिक विकास क्रममा लिखित रूपमा १२१५ मा म्याग्नाकार्टा जारी गरेपछि मानव अधिकारको चर्चा सुरु भएको मानिन्छ । संयुक्त राष्ट्रसंघ स्थापना भएर १९६५ मा मानव अधिकार घोषणापत्र जारी भएपछि यो मुद्दा थप पेचिलो बनेको बताए । विभिन्न मुलुकमा रंगभेद, जाति भेदविरुद्ध सशक्त आवाज उठेको र त्यसमा पूर्वीय दर्शनको प्रभाव रहेको सुवदीको दाबी छ ।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पूर्र्वीय विचार, ज्ञान र दर्शनबारे प्राज्ञिक जगतमा नयाँ विमर्शको सुरुवात भएको बताए । ‘विश्वलाई सन्तुलनमा ल्याउनका निम्ति पूर्वको भूमिका खोजी भइरहेको छ,’ उप्रेतीले भने । यसैगरी इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले नेपालमा बौद्धिक क्रान्ति हुन नसकेको बताए । ‘आज माथिल्लो ज्ञानको बहस भएको छ,’ इतिहास संशोधन मण्डलका सदस्यसमेत रहेका पन्तले भने, ‘नेपालमा राजनीतिक क्रान्तिमात्र भएको छ । विद्यामा क्रान्ति भएको छैन । साँच्चै भन्नुपर्दा सोह्रौं सत्रौं शताब्दीदेखि पूर्वी सभ्यताको अध्ययन भएको छैन ।’

Advertisement Banner
Previous Post

कविता: जीवन

Next Post

आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने

Editorial Team

Editorial Team

Next Post
आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने

आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने

Recommended

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

4 years ago
Nepal, U.S. government’s Millennium Challenge Corporation (MCC) confirmed an additional US$50 million in U.S. grant support for the MCC Nepal Compac

Nepal, U.S. government’s Millennium Challenge Corporation (MCC) confirmed an additional US$50 million in U.S. grant support for the MCC Nepal Compac

9 months ago

Don't Miss

Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

August 12, 2026
पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.