काठमाडौं। अमेरिकाको न्यूओर्लिन्सको बर्बन स्ट्रिटमा एक व्यक्तिले भिडमाथि पिकअप ट्रक चलाउँदा १५ जनाको मृत्यु भएको छ। उक्त घटनामा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।स्थानीय समयअनुसार बिहान ३:१५ बजे (०९:१५ जीएमटी) उक्त घटना भएको थियो। घाइतेमध्ये दुई जना प्रहरी अधिकारी पनि छन्, जसको अवस्था स्थिर रहेको बताइएको छ।
न्यूओर्लिन्स प्रहरी प्रमुख एन किर्कप्याट्रिकले घटनालाई अत्यन्तै नियोजित र क्रूर बताउँदै अभियुक्त ‘जति सक्दो धेरै मानिसलाई ठक्कर दिन’ प्रयासरत रहेको खुलासा गरेकी छन्।‘ऊ विनाश मच्चाउन पूर्ण रूपमा कटिबद्ध थियो,’ उनले भनिन्।
अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले घटनाको अनुसन्धानको नेतृत्व गरेको छ। विशेष एजेन्ट अल्थिया डङ्कनले घटनास्थलमा सम्भावित विष्फोटक उपकरण भेटिएको जानकारी दिँदै यो सक्रिय हुने वा नहुने विषयमा अनुसन्धान भइरहेको बताइन्। अधिकारीहरूले सो क्षेत्रबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।
अभियुक्त ४२ वर्षीय शम्सुद-दिन जब्बारको घटनास्थलमै मृत्यु भएको पुष्टि अमेरिकी मिडियाहरूले गरेका छन्। सीबीएस न्युजका अनुसार, अभियुक्तको मृत्युको कारण स्पष्ट नभए पनि घटनालाई ‘आतंकवादी आक्रमण’को रूपमा अनुसन्धान भइरहेको छ।एफबीआईको विज्ञप्तिमा अभियुक्तले बर्बन स्ट्रिटमा आफ्नो ट्रकले मानिसहरूको भीडलाई ठक्कर दिएपछि प्रहरीसँग गोली हानाहान गरेको उल्लेख छ। घटनास्थलमा एक इस्लामिक स्टेट (आईएस) समूहको झण्डा फेला परेको जानकारी पनि दिइएको छ।प्रहरीका अनुसार, ट्रकमा सम्भावित विष्फोटक उपकरण र हतियारहरू समेत फेला परेका छन्। साथै, फ्रेन्च क्वार्टर क्षेत्रमा अरू सम्भावित विष्फोटक उपकरणहरू पनि भेटिएका छन्, जसलाई निष्क्रिय पारिएको छ।एफबीआईले घटनामा प्रयोग भएको ट्रक भाडामा लिएको जस्तो देखिएको र यसमा अभियुक्तको कुनै आतंकवादी संगठनसँगको सम्बन्ध भएको सम्भावनाबारे अनुसन्धान जारी रहेको बताएको छ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.