काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको अनौपचारिक सिनेट बैठकमा प्रधानमन्त्री ओलीले पदाधिकारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन निर्देशन दिए।मंसिर २७ गतेको सिनेट बैठकका छलफललाई बङ्ग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिनेटरहरु सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा तर्कपूर्णरुपमा केन्द्रित हुनुपर्ने मा जोड दिए।बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन्।प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरु प्रस्तावका रुपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए।गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि समय निर्धारण गरेका थिए।
Trending Now
- जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
- शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै
- Another American award for cancer specialist Dr. Sonia
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
Comments are closed.