कविता: जन्माउँदैमा कहाँ सकिन्छ र कर्म

 

जन्माउँदैमा कहाँ सकिन्छ र कर्म

फेरि पनि निभाउनु पर्छ यहाँ जन्माउने को धर्म।
पिता,माता ,पति र पुत्रको लागि
जानु पर्छ यहाँ माईतीबाट भागी
भन्छन् नगय घर हुँदैन नानी ।

बस्नु सधैँ राखी माईतीको मान
सधै सानो हुनु तिम्रो कर्तव्य ठान ।
दुःख सहि सधँै कर्तव्य मात्रै गर्दा
गाह्रो भयो बाबा यहाँ आफू सानो पर्दा।

पुज्नु पर्छ यहाँ सबै बाबालाईआ

आफू भोकै बसे नी अरु ले खाई ।
किन मान्दैन यहाँ पराई छोरीलाई
जति गरे नी नहुने रै छ बाबा

पराई छोरीलाई सधै राख्ने टाढा
धनै रैछ बाबा यहाँ आफ्नो र बिरानो
नभए यहाँ किन हुन्छ पराई छोरी पुरानो
समाउदै सिरानी हुन्छे पराई छोरी बिरानी ।

दुर्गा भट्टराई

Comments are closed.