युवाकवि मोतिराम भट्टका दुई गजल (१५६ औँ मोति जयन्ति)

१५६ औँ मोति जयन्ति

मोतिराम भट्ट (१९२३ – १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता पनि मोतिराम भट्ट थिए ।

 

युवाकवि मोतिराम भट्टका दुई गजल

 

दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
र भन्नु भारी महल न हो दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो

 

2

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोति’ पनि झर्न लागे

Comments are closed.