काठमाडौं। नेपाली शिक्षा परिषदले आफ्नो ७४ औं वार्षिकोत्सबको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५० हजारसहित “गोपाल पाँडे असीम पुरस्कार २०८१” प्रदान गर्यो ।
यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि १ लाख एक हजार सहित “लेबाल त्रिरत्न पुरस्कार २०८१” प्रदान गर्यो । दुबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कुटनीतीज्ञ प्रा.डा. जयराज आचार्यले विशेष समारोहमा प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा पुरस्कृत कवि प्रद्युम्न जोशीको बारे कवि एवं पत्रकार ठाकुर बेलवासेले र विद्यानाथ कोइरालाको बारे पूर्व प्रधानाध्यापक रमेशप्रसाद गौतमले बोल्नु भएको थियो ।
नेपाली शिक्षा परिषदकि अध्यक्ष सर्जक रमा शर्माको सभापतित्वमा आयोजित सोही कार्यक्रममा विद्यार्थी मन्दिप श्रेष्ठलाई नगद राशि ५ हजारसहित “गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार” प्रदान गरिएको थियो । विद्यार्थी मन्दिप भानु माध्यमिक विद्यालय, दरबार हाइस्कुलमा ई. ई. परीक्षा २०८० मा सर्वोत्कृष्ट भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, अध्यक्ष रमा शर्मा, पुरस्कृतहरु विद्यानाथ कोइराला र प्रद्युम्न जोशी, वरिष्ठ कवि रमेश खरेल लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
संस्थाका कोषाध्यक्ष शंकरप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा कवि विजय न्यौपानेले श्रद्धाञ्जली कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकारहरु श्याम प्रधान, जयदेव भट्टराई, शैलेन्दुप्रकाश नेपाल, भाग्यशाली अधिकारी, त्रिभुवनचन्द वाग्ले, सुशील पन्त, बमबहादुर थापा जिताली, जगदीश्वर पोखरेल, सन्तु श्रेष्ठ, गंगा लिगल लगायतको उपस्थिति रहेको थियो ।
Trending Now
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
- Taliban Suspends Polio Vaccination Campaigns in Afghanistan: UN
- Bangladesh approves decision to import 40 MW of electricity from Nepal
- Prime Minister KP Sharma Oli informed the House of Representatives about his participation in the upcoming 79th General Assembly of the United Nations
Comments are closed.