Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण

Editorial Team by Editorial Team
July 17, 2022
in Book Releases, Literature
0
नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नितु पोखरेलद्वारा लिखित कविता संग्रह ‘प्रयास’ लोकार्पण भएको छ ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईको उपस्थितिमा ‘प्रयास’को लोकार्पण गरिएको हो ।
लोकार्पणपछि सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले राजनीति र साहित्यको अन्यान्योश्रित सम्बन्ध रहेको बताए । उनले समाजमा यी दुई विषयले एकले अर्कालाई सुधार्न एवम् खबरदारी गर्न भूमिका खेल्ने बताए । एउटा समग्र जीवनको पाटोलाई समेटेको भन्दै कवितासंग्रह प्रकाशनका लागि कवि पोखरेललाई भट्टराईले बधाई दिएका थिए ।
त्यस्तै, कार्यक्रममा विशेष अतिथि रहेका संविधान सभाका सभासद एवम् एमाले नेता रविन कोइरालाले झापाबाट नयाँ सर्जकको जन्म भएको भन्दै कविताले जीवनका संवेगहरुलाई व्यक्त गर्ने बताए ।
त्यस्तै, विशेष अतिथि एवम् प्राज्ञ डा। देवी नेपालले पहिलो कोसिसमा ‘प्रयास’ निकै सान्दर्भिक कृति आएकोमा बधाई दिँदै सफलताको प्रतिक्षा रहेको उल्लेख गरे । उनले ‘प्रयास’मा कवि पोखरेलले वैचारिक र संवेगात्मक विषयको संयोजन गरेको समालोचना गरेका थिए ।
सामान्य कविहरु उमेरले प्रभावित हुने बताउँदै नेपालले विशिष्ट कविहरुले समाजलाई बुझ्ने, अध्ययन, विश्लेषण गर्ने र कवितामा उतार्ने बताए । ‘प्रयास’ त्यसकै एक उदाहरण बनेकोमा प्रशंसा गरेका थिए ।
त्यस्तै, साहित्यकार सुमन वर्षाले पुस्तकमा रहेको ५५ वटा कवितामध्ये धेरैको गहन समालोचना गरेकी थिइन् । जसमा कवितामा महिलाका दुःख, संघर्ष, राजनीतिक व्यंग्य, उत्प्रेरण, कुरीतिमाथि प्रहार लगायत विषय समावेश भएको उनले उल्लेख गरिन् ।
त्यस्तै, विज्ञ डा। मिना उप्रेती, अनन्त प्रकाश वस्ती, कवि विजय चालिसे, कवि ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रममा स्रष्टाकी आमा पनि अतिथिकी रुपमा रहेकी थिइन् ।
कवि पोखरेलले ‘प्रयास’ पढ्ने जो कोहीले पनि कहीँ न कहीँ आफूलाई पाउने भन्दै अध्ययनका गर्न आग्रह गरेकी थिइन् । पुस्तक प्रकाशनसम्म आफूलाई हौसला दिने साहित्यकार लगायत, परिवारका सदस्यलाई उनले आभार व्यक्त गरेकी थिइन् । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।

Advertisement Banner
Previous Post

Nepal Tourism Board signed MoU with Jazeera Airways to collaborate 4 joint promotional programs

Next Post

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

Editorial Team

Editorial Team

Next Post
मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

Recommended

Prime Minister Karki underscores importance of safeguarding indigenous traditions

Prime Minister Karki underscores importance of safeguarding indigenous traditions

4 months ago
Middle East Container Ports Are the Most Efficient in the World

Middle East Container Ports Are the Most Efficient in the World

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.