काठमाडौमा आयोजित एक विशेष कार्यक्रममा कवि केशव सिग्देलद्वारा सम्पादित अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ’म्याड्नेस’ लोकार्पण गरिएको छ । उक्त कार्यक्रममा प्राडा सञ्जीव उप्रेती, भारत ओडिसाका लोककवि डा.हलदर नाग, प्रा. केश रञ्जन, विवेकानन्द कल्चर सेन्टरकी निर्देशक डा. आशावारी बापत र सम्पादक केशव सिग्देलद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो ।
लोकार्पित पुस्तक ’म्याडनेस’ भित्र १०१ देशका २९७ कविका विभिन्न भाषाका अनूदित अङ्ग्रेजी कविता रहेका छन् । कोभिडले दिएको लकडाउन र त्यसको पीडा भोगेको समय र समस्या । यो नेपालको मात्रै समस्या थिएन यसले विश्वलाई तरङ्गित पारेको थियो । त्यही अवस्थाले प्रेरित गर्यो र यो बृहत् सङ्ग्रहको तयारी भयो कवि सिग्देलले भने । देश र विदेशबाट प्राप्त कविताहरूबाट कविताहरू सम्पादन गरेको कुरा पुस्तकका सम्पादक कवि केशव सिग्देलले जानकारी दिएका थिए ।
कार्यक्रमको दोस्रो आकर्षण भारतका पद्मश्री विभुषित लोककवि डा. हलदर नाग रहेका थिए । उनले आफ्नै मातृभाषामा पन्चामृत, कामधेनु, शबरी जस्ता कविता सुनाएका थिए भने हलादर नागका कविता तथा उनका बारेमा सहजीकरण भारतका नाटककार प्रा केशवरञ्जन प्रधानले गरेका थिए । ‘नाग भारतको उडिसा राज्यका प्रसिद्ध लोककवि हुन् । उनलाई सुन्न हजारौंँ गाउँलेहरूको समूह हुन्छ । उनि श्रुति र स्मृति परम्पराका महारथी हुन् । आफ्नै खालको सादा पहिरन जुत्ताविना यात्रा गर्छन ।’ रेड पाण्डाले बजारमा ल्याएको ’म्याडनेस कवितासङ्ग्रहको मूल्य १ हजार रहेको छ ।
Comments are closed.