कविता महोत्सव तथा कविता प्रतियोगिता २०८१ आयोजना हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा कविता महोत्सव एवं ‘खुला कविता प्रतियोगिता २०८१’ को आयोजना गरिने भएको छ । प्रथम नागरिक कुलपति कविवर स्व. केदारमान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व.पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रस्टका संस्थापक एवं समाजसेवी स्व.चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रस्ट स्याङ्जाले ‘भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रस्टका अध्यक्ष महेन्द्र मान व्यथितले जानकारी दिए ।

कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवम् साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए । पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न विधाका स्रष्टा एवं साधक प्रतियोगी रहने महोत्सवको आयोजनाले जनाएको छ ।

कविता महोत्सवको संयोजक अनन्तकुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरूको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रूपमा काजीमान हरिटिका माध्यमिक विद्यालय र विद्यालयका प्राचार्य ऋषिराम शर्मा समन्वय प्रमुख रहेको कार्यक्रममा मिडिया संयोजकको रूपमा एक बहादुर गोदार (रमेश) र प्रचार संयोजकको रूपमा मोती प्रसाद मरासिनी रहेका छन् ।

कविता महोत्सवमा प्रथम पुरस्कार १५ हजार ५५५ रुपैयाँ, दोस्रो पुरस्कार ११ हजार १११ रुपैयाँ र तृतीय पुरस्कार ७ हजार ७७७ रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागी हुन कविता २०८१ साउन १५ गते बेलुकी ५ बजे भित्र ‍‍‍‍‍‍‍‍‍‍‍‍‍…… टाइप गरी पठाइसक्नु पर्नेछ ।

कविताको अन्तिम छनोट सूची २०८१ साउन २० मा सार्वजनिक गरिने छ । उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनोट हुनेछ ।

 

Comments are closed.