चलचित्र ‘सतीदेवी’ को पोस्टर सार्वजनिक

काठमाडौँ, जेठ १५ । लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ को प्रचार सामग्री सार्वजनिक गरिएको छ । अभिनेतृ मलिका महत बच्चालाई स्तनपान गराइरहेको दृश्यसहितको सार्वजनिक यो प्रचार सामग्री दोस्रो हो । पोस्टरमा छेवैमा दुई बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ रोइरहेको देखाइएको छ । यसअघि सार्वजनिक पोस्टरमा उनी कालोमोसो र जुत्ताको माला लगाएर लखेटिइरहेको अवस्थामा प्रस्तुत थिइन् ।

चलचित्रमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सन्देश लिम्बू, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ, जयन्त रेग्मी आदिको अभिनय रहेको छ । फिल्मको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी छन् । दिलासा र साराको संयुक्त प्रस्तुति रहेको फिल्मले बाबु र छोरीबिचको सम्बन्धको आयामलाई मियो बनाएर कथा बनेको छ ।

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभि मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’ मा निर्देशक सुवेदी स्वयम्को स्क्रिप्ट लेखन तथा निर्माण छ । चलचित्रमा बाबु श्रेष्ठको छायाङ्कन, दीपक शर्मा र सुवास भुसालको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको वितरण काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्ने जनाइएको छ ।

Comments are closed.