Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

दार्चुलामा ‘प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी’ सम्पन्न

Editorial Team by Editorial Team
March 22, 2026
in Literature, Nepal, News
0
दार्चुलामा ‘प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी’ सम्पन्न
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या’ विषयक कार्यक्रम दार्चुलाको खलङ्गामा पहिलोपटक प्रज्ञा-प्रतिष्ठान साहित्य( पद्य / काव्य विभाग ) को आयोजना र स्थानीय संस्था ‘मानसखण्ड गुरुकुल’को सहआयोजनामा भव्यतापूर्वक सम्पन्न भएको थियो।
कार्यक्रममा महाकाली नगरपालिका दार्चुला, डिलासैनी गाउँपालिका बैतडी ,अपि हिमाल गाउँपालिका दार्चुला र राष्ट्रिय संरक्षण अभियान सहयोगी भूमिकामा रहेको थियो।
प्रमुख अतिथि कुलपति राईले ब्यानर वाचन गरेर दार्चुला बहुमुखी क्याम्पसको सभाकक्ष खल‌ङ्गा बजारमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन गरेका थिए।
यसै क्रममा कुलपति राईले ‘सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान´ भन्ने मूलमन्त्र आत्मसात् गर्दै नेपालको दुरदराजमा रहेको खलङ्गा बजारमा आएर ‘सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी’पहिलोचोटि आयोजना भएकामा गौरवबोध भएको छ।
सबै भाषा र जातजातिको साझा थलोको रूपमा विकास गर्दै भौगोलिक विभेद ,जर्जर मान्यता र जडताविरुद्ध प्रज्ञा-प्रतिष्ठानलाई गाउँ-गाउँसम्म पुर्याएर प्राज्ञिक सचेतता फैल्याउनमा आफू उद्धत रहेको उनले बताए। साथै, ६८ वर्ष लामो इतिहास बोकेको प्रज्ञा-प्रतिष्ठानको अवस्था अहिले पनि ओझेलमै रहेकाले`विद्यालयमा कुलपति’ कार्यक्रमआयोजना गर्नुपरेको बताए।
सुदूरपश्चिम प्रदेशमा डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर लगायतका विभिन्न मातृभाषा छन्। यी सबै भाषा र तिनका साहित्य, संस्कृति र इतिहासको जगेर्ना गर्न प्रज्ञा-प्रतिष्ठानको दायित्वभित्र पर्ने कुरामा कुलपति राईले जोड दिए। साथै यहाँका स्थानीय मातृभाषामा कविता सुन्न पाउँदा आफूलाई ‘सबै भाषा : सबै ज्ञान सबैको प्राज्ञ प्रतिष्ठान´ भन्ने उद्घोषक सार्थक भएको बताए।
विशेष अतिथि,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठीले यस प्रदेशका सबै जिल्ला, पालिका र गाउँ समेतलाई समेटेको बताउँदै केन्द्रीय राजधानी काठमाडौँको पहुँचभन्दा निकै टाढा रहेको दार्चुलाको खलङ्गामा कार्यक्रम गर्न प्रज्ञा-प्रतिष्ठान आएको छ। यसले अवश्य पनि सुदूरपश्चिम प्रदेशका प्रतिभालाई उजागर गरी प्रोत्साहित गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले यस क्षेत्रको पहिचान, संस्कृति, भूगोल र जातीय अस्तित्व आदि विषयलाई सङ्गोष्ठीले उजागर गर्ने बताए। नारी सर्जकहरू आफ्नै कठिनाइका बिच पनि काव्य लगायतका विधामा योगदानारत छन्। तिनको समुचित मूल्याङ्कन हुनेमा आफू विश्वस्त रहेको र सक्दो साथ र सहकार्यमा तत्पर रहिरहने बताउँदै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्राज्ञ बस्नेतले प्रकाश पारेका थिए।
दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा कार्यक्रम भएको हाे। उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिं चैसुर,दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतका अतिथिहरूले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
प्रज्ञा-प्रतिष्ठान कुलपति सचिवालयका कर्मचारी सदस्य तथा कवि राधा कार्की दुलाल लगायतको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम प्रदेशका कविहरूद्वारा नेपाली ,डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता प्रस्तुत गरिएको थियो।कविता वाचन गर्न कञ्चनपुर, अछाम , डोटी, बैतडी, डडेलधुरा , दार्चुला र कैलाली लगायतका जिल्लाबाट नारी कविहरूको उपस्थिति थियो।

Advertisement Banner
Previous Post

“इतिहास उनीहरूले लेखे, अब भविष्य हामी लेख्छौं”-रवि लामिछाने

Next Post

कार्की आयोगको प्रतिवेदन माग सहित प्रदर्शन

Editorial Team

Editorial Team

Next Post
कार्की आयोगको प्रतिवेदन माग सहित प्रदर्शन

कार्की आयोगको प्रतिवेदन माग सहित प्रदर्शन

Recommended

Bhaktapur Hospital to construct Rs 620 million modern facility

Nepal Government hospitals to close OPD services on weekends

5 months ago
First students welcomed under new ASEAN Award program

First students welcomed under new ASEAN Award program

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.