काठमाडौं –भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रूपमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार भैरहवाको स्वर्गद्वारी घाटमा गरिएको छ ।
उनको पार्थिव शरीर गोरखपुर हुँदै राति ९ बजे भैरहवा आइपुगेको थियो । तर, उनका अभिभावक अर्को उडानबाट ढिलो गरी आउनु पर्ने भएपछि शवलाई युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो । राति ११ बजे शवलाई उनको निवास, सिद्धार्थनगर-८ पुर्याइयो, जहाँ परिवारजन, आफन्त, छिमेकी तथा शुभचिन्तकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि राति नै शवयात्रा निकालेर स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो ।
प्रकृतिलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए । प्रकृतिको अन्त्येष्टिमा स्थानीय सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत उनका साथीहरू समेत श्रद्धाञ्जली दिन भैरहवा आएका थिए ।
२०६१ असार ४ गते जन्मिएकी प्रकृति लम्साल यही आइतबार भारतको केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद मानिएको छ र यसबारे भारतीय प्रहरीले अनुसन्धान गर्दै एक जनालाई हिरासतमा लिएको छ । घटनाले नेपाली विद्यार्थीको सुरक्षासम्बन्धी चासो पुनः उठाएको छ भने न्यायको माग गर्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.