Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

सलमानको स्टेजमा १७ नेपाली कलाकारको प्रस्तुति

himalaya Diary News Service by himalaya Diary News Service
April 26, 2022
in Entertainment, Feature, India, Nepal
0
सलमानको स्टेजमा १७ नेपाली कलाकारको प्रस्तुति
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — बलिउड स्टार सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा १७ जना नेपाली कलाकार तथा सांगीतिक समूह सहभागी हुने भएका छन् ।

‘दवंग टुर नेपाल–रिलोडेड’ नामको सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरु शिव परियार, त्रिशाला गुरुङ, स्वप्न सुमन, सुनिता दुलाल, सुवानी मोक्तान, सुशान्त केसी, सन्जु मोक्तान, समिर श्रेष्ठ, प्रवेशकुमार श्रेष्ठ, तुना बेल थापा सहभागी हुने आयोजक ओडीसी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए । उनका अनुसार, कार्यक्रममा नृत्यतर्फ माला लिम्बु, मुना गौचनको प्रस्तुति रहने छ । दिउँसो १२ बजेदेखि खुला हुने रंगशालामा डिजेबाट सांगीतिक कार्यक्रमको सुरु हुनेछ । आयोजकले डिजेहरुमा रोहित शाक्य, प्रेम र रेडमससँग सम्झौता गरेको जनाएको छ ।

त्यसैगरी उक्त कार्यक्रममा अर्केस्ट्रातर्फ कलंकीमा रहेको एलआरई स्कुलको प्रस्तुति राखिएको छ । उक्त विद्यालयका कलाकारले राष्ट्रिय गान लगायतका प्रस्तुति दिनेछन् ।

आयोजकमध्येका राजीव श्रेष्ठका अनुसार, १२ बजेदेखि खुला हुने रंगशालामा पहिले नेपाली कलाकारहरुको प्रस्तुति रहने छ । जब साँझ पर्ने छ, सलमान खानसहित बलिउड कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि सलमान तीन दिनअघि काठमाडौं आइपुग्ने छन् । पहिलो दिन साँझमात्रै काठमाडौं ओर्लिने सलमान दोस्रो दिन बिहान बलिउड कलाकार तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेका साथ हेलिकप्टरमा सगरमाथा अवलोकन गर्नेछन् । पर्वतीय उडानमा सलमान खान सगरमाथा क्षेत्रमा ब्रेकफास्ट गर्नेछन् । यो कार्यक्रमले भारतीय पर्यटक नेपालमा आकर्षित हुने आयोजकको अपेक्षा छ । ‘५ वटा हेलिकोप्टरसँग सम्झौता भइसकेको छ,’ प्रबन्ध निर्देशक गुरुङले भने, ‘नेपालमा पछिल्ला वर्ष नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि चिनफिङ आए र सलमान खान त्यसपछिका भीभीआईपी अतिथि कलाकार हुन उनले नेपाल घुमेको खबरले हाम्रो कोरोनाले सुस्ताएको पर्यटन बजारलाई माथि उठाउन मद्दत पुग्नेछ ।’

Advertisement Banner
Previous Post

Nepal is determined to increase investment in its population to make them healthy & productive to achieve the Agenda 2030

Next Post

सेल्फ पोट्रेट’ सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
सेल्फ पोट्रेट’ सार्वजनिक

सेल्फ पोट्रेट’ सार्वजनिक

Recommended

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

4 weeks ago
Indian PM Narendra Modi hosts Sikh delegation at his residence in New Delhi

Indian PM Narendra Modi hosts Sikh delegation at his residence in New Delhi

4 years ago

Don't Miss

Suzuki eVitara booking now open with starting price 49,99,000

Suzuki eVitara booking now open with starting price 49,99,000

March 25, 2026
Nepal Government to make Gen-Z protest probe report public

Nepal Government to make Gen-Z protest probe report public

March 25, 2026
Nepal Govt decided to cut fuel prices substantially amid growing public pressure over rising prices

Nepal Oil Corporation hikes petrol and diesel price by Rs. 15

March 25, 2026
US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.