Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सेल्फ पोट्रेट’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 26, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
सेल्फ पोट्रेट’ सार्वजनिक
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

पोखरा—स्थानीय तह चुनाव लागेको छ । उम्मेदवारले मनोनयन दर्ता गराइरहेका छन् । प्रमुख पदमा महिला उम्मेदवारको उपस्थिति न्यून छ । चुनावको छेकोमा कवि रीता अधिकारी ‘ऋतु’ ले कविता संग्रह ‘सेल्फ पोट्रेट’ सार्वजनिक गर्दै सोधिन्, ‘सत्तामा किन बजिरहन्छ भाले शंख ?’

उखुबारीहरूमा

निर्मलाहरू चिच्याइरहँदा

शीतल निवास किन ब्युँझँदैन ?

के सत्ता

पुलिंगी हो ?

साहित्यिक लेखन यात्राको झन्डै तीन दशकपछि ऋतुले आफ्नो पहिलो कविता संग्रह ल्याएकी हुन् । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति शनिबार पोखरामा लोकार्पण गरे । फुटकर रूपमा कविता, गीत, गजल, मुक्तक, समालोचनामा कलम चलाउँदै आएकी ऋतुको कविता मूल विधा हो । उनले तीन दशकसम्म लेखेका कविता संगृहीत गरी कृतिका रूपमा ल्याइन् । सरुभक्तले ऋतु पोखरेली कवितामा उदीयमान भएको बताए । उनले भने ‘नेपाली काव्य फाँटमा भरोसालाग्दो उपस्थिति हुनेमा विश्वस्त छु ।’

तीर्थ श्रेष्ठले सरल र सहज भाषाशैलीमा गहन काव्यचेत पस्किनु आफैंमा चुनौती रहेको धारणा राखे । उनले भने, ‘चुनौतीलाई ऋतुले सहजताका साथ लिएकी छन् ।’ उनले ऋतुका कवितामा नचाहिँदो शब्द आडम्बर, अप्रितम बिम्ब नरहेको बताए । समीक्षा गर्दै कवि सरस्वती प्रतीक्षाले अधिकांश कविताले नारीमाथिका विभेद, लैंगिक असामानता र विभेदका पर्खालहरूका विरुद्ध दरो गरी उभिएकामा खुसी व्यक्त गरिन् । कवितामा रहेको शक्ति र सौन्दर्यको चर्चा गर्दै कविलाई एक साथ विद्रोह र प्रेम व्यक्त गर्न सक्षम उनले अर्थ्याइन् ।

पोखरेली युवा सांस्कृतिक परिवारले गरेको कार्यक्रममा दीपक समीप, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, सञ्जीव पौडेल, सरस्वती श्रेष्ठ सरू, उपेन्द्र पौडेललगायतले कवि ऋतुको कृतिमाथि चर्चा गरे । ‘सेल्फ पोट्रेट’ मा लामा–छोटा गरी ४१ वटा कविता छन् ।

 

Advertisement Banner
Previous Post

सलमानको स्टेजमा १७ नेपाली कलाकारको प्रस्तुति

Next Post

सिपोन्टम आर्टहाउसमा ‘गड्स बफ्यालो’ उत्कृष्ट

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
सिपोन्टम आर्टहाउसमा ‘गड्स बफ्यालो’ उत्कृष्ट

सिपोन्टम आर्टहाउसमा 'गड्स बफ्यालो' उत्कृष्ट

Recommended

महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

9 months ago
Nepal Finance Minister urges stronger protection of national assets

Nepal Finance Minister urges stronger protection of national assets

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.