काठमाडौँ-– अकुत आर्जन गर्ने र श्रीसम्पत्ति ससुराली, सालीदेखि गर्लफ्रेण्डका नाममा लुकाउने एकपछि अर्का भ्रष्ट कर्मचारीको सम्पत्ति राज्यले जफत गर्ने काम बल्ल अगाडि बढेको छ ।सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्व प्रशासकहरुको घरजग्गा सरकारका नाममा ल्याउने गृहकार्य अगाडि बढेको हो ।
यसरी सम्पत्ति जफत गर्न लागिएका कर्मचारीमा नासुदेखि सहसचिवस्तरसम्मका रहेका छन् । जसमा जलउत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन डिजी अजितकुमार मिश्र, आन्तरिक राजश्व विभागका डिजी मुरारी कार्की, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव आनन्दप्रसाद खनाल, रामाज्ञा चतुर्वेदी, केशरजंग खड्का, सरिता गिरीहरुको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो । यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ ।
कसूरजन्य सम्पत्ति व्यवस्था विभागका अनुसार अकुत आर्जनमा मुछिएर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरिसकेको छ । खनालले गैरकानुनी ढङ्गबाट आर्जित सम्पत्ति श्रीमती पद्मा, छोराहरू अनिल, अमित र आभाष खनालको नाममा राखेको, एक चर्चित निर्माण व्यवसायीलाई ३२ लाख ऋण दिएको भेटिएसँगै उक्त सम्पत्ति जफत प्रक्रियामा गएको छ ।
उनका नाममा एस फाइनान्समा २५ हजार ९ सय ७६, स्टान्डण्ड चार्टड बैंकमा १ लाख ७८ हजार २ सय २३, नेपाल बैंक धरान शाखामा ३ लाख १० हजार ३१३, राष्ट्रिय वाणिज्य बैंक टंगालमा २ लाख २१६, नेपाल बैंकमा ५७ हजार रहेको छ भने छोराको नाममा विभिन्न बैंकमा १० लाख बढी रहेको छ । यस्तै विभिन्न बैंकको लकरमा १५ लाख ७१ हजार ८८२ को गरगहना रहेको भेटिएको छ भने कांग्रेस नेता जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सनलाई ३२ लाख ऋण सापटी दिएको पाइएको छ । यस्तै भक्तपुरको साविक कटुञ्जे गाविस वडा नम्बर २ ९क० को कूल १७ कित्ताको ४ रोपनी १ आना ३ पैसा जग्गा कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको नाममा लालपुर्जा कायम भएको छ । उक्त जग्गाको चल्तीको बजारमूल्य १८ करोड माथि पर्न आउँछ । टाउन डेभलपर्स कम्पनीमा रहेको ५१ सय कित्ता शेयर जफत गरी नेपाल सरकारको राजश्व खातामा ५१ लाख पठाइसकिएको छ ।
यस्तै, रामाज्ञा चतुर्वेदी, श्रीमती र छोरा छोरीको नाममा विभिन्न बैंकमा रहेको १४ लाख बढी रकम, नेपाल मेडिकल कलेजमा रहेको ३० हजार कित्ता शेयर, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका नाममा रहेको ३० हजार कित्ता र शिखर पेन्टसमा रहेको ५ हजार कित्ता शेयर जफत हुने भएको छ । पर्सा र काठमाडौं ३५, काठमाडौं ७ ९ख० मा रहको घर जग्गा जफत प्रक्रिया पनि अगाडि बढेको छ ।
यस्तै अजितकुमार मिश्रका नाममा रहेको काठमाडौं लाजिम्पाटस्थित ८ आना २ दाम जग्गामा बनेको घर, शकुन्तला कार्कीका नाममा रहेको काठमाडौं सिनामंगल ९ स्थित १० आना ३ दाम क्षेत्रफलमा फैलिएको घर जग्गा, भारतीय नागरिक निरञ्जन होजाइले निर्मल राईको नामबाट नक्कली नागरिकता बनाई जोडेको अवैध सम्पत्तिसमेत सम्पत्ति सरकारीकरण गर्ने काम अगाडि बढेको छ ।
होजाइले झुटो परिचय बनाई ४१५९३९४ नम्बरको नागरिकता प्रमाणपत्र मात्र लिएनन्, सिन्धुपाल्चोकमा सामान्य मजदुरी गर्ने रामचन्द्र र सेती गिरीकी छोरी सरितासँग २०६५ मंसिरमा विवाह समेत गरे । निर्मल ट्रेर्डस, निर्मल राई हाउजिङ्ग एण्ड प्रोपर्टी, सरिता गिरीका नाममा विभिन्न सात वटा बैंकमा रहेको २ करोड २७ लाख ९७ हजार ३८२ रूपैयाँ कोषको नाममा स्थानान्तरण गरिँदै छ । सर्वोच्चबाट फैसला भएको नौ वर्षपछि उनीहरूको नाममा रहेको सम्पत्ति सरकारीकरण हुन लागेको हो ।
कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्रीस्तरको निर्णय गरी सोको दाखिला खारेज मालपोत ऐन २०३४, मालपोत नियमावली, २०३६ तथा जग्गा प्रशासन निर्देशिका, २०५८ बमोजिम सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्वन्धित मालपोत कार्यालयमा पठाइ दाखिल खारेज गराई सरकारका नाममा सम्पत्ति कायम गर्ने निर्णय गरिएको छ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.