Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

ग्रिनल्याण्डको पिटुफिक स्पेस बेसमा नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्डको विमान तैनाथ गर्ने तयारी

Editorial Team by Editorial Team
January 20, 2026
in News, World
0
ग्रिनल्याण्डको पिटुफिक स्पेस बेसमा नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्डको विमान तैनाथ गर्ने तयारी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं- अमेरिकाले नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्डको विमान ग्रिनल्याण्डस्थित पिटुफिक स्पेस बेसमा तैनाथ गर्ने भएको छ । डेनमार्कअन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्याण्डलाई लिएर चुलिँदो तनावका बीच अमेरीकाले यस्तो निर्णय गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहण गर्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिका बीच यस्तो कदम चालिएको हो । एयरोस्पेस डिफेन्स कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार उक्त विमान दीर्घकालदेखि योजनाबद्ध गतिविधिहरूलाई समर्थन गर्न पिटुफिक स्पेस बेसमा पुग्नेछ ।
अमेरिकाका महादेशीय भूभाग र क्यानडास्थित बेसबाट सञ्चालन हुने विमानहरूसँग समन्वय गर्दै एयरोस्पेस डिफेन्स कमाण्डका विभिन्न गतिविधिमा सहयोग पु¥याइने बताइएको छ । यस कार्यमा डेनमार्क र ग्रिनल्याण्ड सरकारसँग आवश्यक समन्वय तथा कूटनीतिक स्वीकृति लिइएको एयरोस्पेस डिफेन्स कमाण्डले जनाएको छ।
एयरोस्पेस डिफेन्स कमाण्डले उत्तर अमेरिकाको रक्षा प्रणालीअन्तर्गत अलास्का, क्यानडा र महादेशीय अमेरिकाका क्षेत्रहरूमा नियमित रूपमा दीर्घकालीन र विकेन्द्रित सैन्य गतिविधि सञ्चालन गर्दै आएको छ । हालको तैनाथी पनि सोही अभ्यासअन्तर्गत रहेको बताइएको छ ।
अमेरिकी कदम ग्रिनल्याण्डमा डेनमार्कको नेतृत्वमा सम्पन्न बहुराष्ट्रिय सैन्य अभ्यासपछि आएको हो । उक्त अभ्यासमा जर्मनी, स्विडेन, फ्रान्स, नर्वे, नेदरल्यान्ड्स र फिनल्याण्डले सानो संख्यामा सैनिक पठाएका थिए । आर्कटिक क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गरिएको अभ्यासमा डेनमार्कले अमेरिकालाई पनि सहभागी हुन निमन्त्रणा दिएको थियो ।
यसैबीच, राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गर्दै डेनमार्क र अन्य युरोपेली देशहरूमाथि कडा चेतावनी दिएका छन् । उनले ग्रिनल्याण्ड बिक्रीमा सहमति नजनाए डेनमार्कसहित बेलायतलगायत युरोपेली मुलुकहरूमा भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएका छन् ।
ट्रम्पका अनुसार चीन र रूसले ग्रिनल्याण्डप्रति चासो देखाइरहेकाले अमेरिकी सुरक्षाका दृष्टिले यो क्षेत्र महत्त्वपूर्ण बनेको हो । उनले युरोपेली राष्ट्रहरूसँग वार्ताका लागि तयार रहेको जनाए पनि सहमति नभए सन् २०२६ फेब्रुअरी १ देखि १० प्रतिशत र जुन १ देखि २५ प्रतिशतसम्म ट्यारिफ बढाउने चेतावनी दिएका छन् । ट्रम्पले लामो समयदेखि अमेरिकी समर्थन पाएको भन्दै “अब डेनमार्कले ग्रिनल्याण्ड फिर्ता दिनुपर्ने समय आएको छ” भन्ने अभिव्यक्ति पनि दिएका छन् । एएनआई

Advertisement Banner
Previous Post

कैलाली क्षेत्र नं ३बाट भीम बडुवाल उमेद्वार

Next Post

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता, एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा

Editorial Team

Editorial Team

Next Post
झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता, एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता, एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा

Recommended

एमालेका १८ सांसद द्वारा साइबर ब्यूरोमा उजुरी दर्ता

4 months ago
As Growth Slows, Madagascar Needs a New Reform Drive To Steer Clear of the Economic Storm

As Growth Slows, Madagascar Needs a New Reform Drive To Steer Clear of the Economic Storm

4 years ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.