आफूविरुद्ध नारा लागेपछि प्रधानमन्त्री ओलीले भने – नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्।काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताए ।
प्रधानमन्त्री ओलीले भने,‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन।’प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत उपस्थित हुँदा टुँडिखेलमा नाराबाजी भएको थियो ।नेपाल मेलमिलापको देश हो भन्दै उनले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने टिप्पणी गरे ।

Comments are closed.