फर्पिङमा कविता वाचन कार्यक्रम

बडा दशैँ २०७९ को शुरुआतमा फ़र्पिङ्गको सुसेली साहित्यिक प्रतिष्ठानले स्थानीय कविहरूको जमघट पारी  रचना वाचन र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। शिखरापुर डबली शेषनारायणमा आयोजित उक्त कार्यक्रममा डा.शेखरकुमार श्रेष्ठ,आवेश मिश्र ,केदार आचार्य, रजनी खत्रीलगायतले कविता वाचन गरेका थिए।
रचना वाचन र शुभकामना आदानप्रदान उक्त कार्यक्रममा सुसेलीका संस्थापक डा.शेखरकुमार श्रेष्ठ, वर्तमान अध्यक्ष आवेश मिश्र ,केदार आचार्य,श्यामकाजी बस्नेत , किरण नेपाली, रजनी खत्री आदिको उपस्थिति थियो।

Comments are closed.