Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

Editorial Team by Editorial Team
April 2, 2026
in Nepal, News
0
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ । बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार विभिन्न बहानामा बिचौलियाहरू कार्यालयभित्र प्रवेश गरी महत्त्वपूर्ण कागजात तथा स्रेस्तामा पहुँच बनाइरहेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो । अबदेखि अनधिकृत व्यक्तिलाई कार्यालयभित्र प्रवेश गर्न नदिने र सरकारी अभिलेखमा पहुँचसमेत रोक लगाइनेछ ।
निर्देशनमा कार्यालयभित्रको भीडभाड नियन्त्रण गर्न, कागजातको सुरक्षा सुनिश्चित गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन यस्तो व्यवस्था लागू गरिएको उल्लेख छ । नियम कार्यान्वयन नभएमा सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुने चेतावनी समेत दिइएको छ ।
मन्त्रालयले कर्मचारीलाई अनिवार्य रूपमा परिचयपत्र लगाउन, सेवाग्राहीलाई परिचय खुल्ने कागजातका आधारमा मात्र प्रवेश दिन र कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यो व्यवस्था लागू भएपछि सेवाग्राहीले आफ्नो निवेदन र आवश्यक कागजात प्रस्तुत गरेर बिचौलिया विनै सहज रूपमा सेवा प्राप्त गर्न सक्ने विश्वास मन्त्रालयले लिएको छ ।
Advertisement Banner
Previous Post

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

Next Post

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

Editorial Team

Editorial Team

Next Post
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

Recommended

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

6 months ago
Rajpal Yadav granted interim bail in cheque bounce case

Rajpal Yadav granted interim bail in cheque bounce case

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.