काठमाडौं, १ असोज
मोरङ, मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बस्ने रन्जित शाहको घरमा रहेको
मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर, ग्यारेजमा मर्मत गर्न
राखिएका मोटरसाइकलका पार्ट्सहरु, लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका सामानहरु
जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्चरी मन्दिरस्थित जाजरकोट कुशे
गाउँपालिका-४ घर भएका रंगलाल जैसीको मिराज सुमार्ट जुत्ता पसलमा शुक्रबार राति
आगलागी हुदाँ पसल तथा पसलमा रहेका जुत्ता लगायतका सामानहरू जलेर नष्ट भएको छ
। आगलागीबाट भएको क्षतिको यकिन विवरण हाल खुल्न सकेको छैन ।
सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-८ जोगिनिया बस्ने विद्यानन्द कामतको
गोठघरमा बालेको घुरबाट गएराति आगलागी हुँदा गोठघरसँगै टाँसिएको विजय कामतको
घरमा समेत आगलागी फैलिएर दुबैजनाको गरी करिब ७ लाख ३० हजार रूपैयाँ मूल्य
बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
(समाप्त)
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.