प्रधानसेनापति र आईजीपीको मर्यादाक्रम घटाउने प्रस्ताव

काठमाडौं,१३ कार्तिक । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाली सेनाका प्रधानसेनापति र प्रहरी प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव पारित गरेको छ । प्रधानसेनापतिलाई १३औं मर्यादाक्रम र नेपाल प्रहरीका महानिरीक्षकलाई १६औं मर्यादाक्रममा राख्न प्रस्ताव गरेको छ ।

जयन्तीदेवी राई सभापति रहेको विधायन व्यवस्थापन समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । पारित विधेयक अनुसार १३औं नम्बरमा प्रधानसेनापतिसहित नेपाल सरकारको मुख्य सचिव, संघीय संसदको महासचिव, सर्वोच्च अदालतका मूख्य रजिष्टार र प्रधानसेनापतिलाई राखिएको छ ।

यसअघि प्रधानसेनापति ९औं नम्बरमा राखिएको थियोे । जहाँ केन्द्रीय सरकारका सहायक–मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका विभिन्न समितिका सभापति, काठमाडौँ महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, सरकारका मुख्यसचिवलाई समेटिएको थियो ।

त्यस्तै समितिले यसअघि १३औं मर्यादाक्रममा रहेका प्रहरी प्रमुख आइजीपीलाई १६औं नम्ँबरमा राख्न प्रस्ताव गरेको छ । जसमा नेपाल सरकारको सचिव, एवं राजपत्रांकृत विशिष्ट श्रेणी वा सो सरहको अधिकृत, प्रतिनिधि सभाको सदस्य राष्ट्रि सभाको सदस्य, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सभाको सचिव,राष्ट्र गौरब पाउने महानुभाव, नेपाली राजदूत , नेपालस्थित विदेशी राजदूत , सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय संयोजक, प्रदेश लोक सेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक, सशस्र प्रहरी महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागमा महानिर्देशक लाई प्रस्ताव गरिएको छ ।

यो विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रिय सभाको बैठकमा पेश गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको बैठक मंगलबार साँझ ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक ५ चैत २०७९ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरुले सामूहिक रुपमा ल्याएको यो विधेयक गैरसरकारी विधेयक हो ।

Comments are closed.