काठमाडौँ- देशको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँबाट माथि पुगेको छ, जुन कूल देशीय उत्पादन (जीडीपी) को करिब ४५ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँमा पुगेको छ ।
गत असारदेखि कात्तिकसम्मको अवधिमा मात्र सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले वृद्धि भएको छ । असारको अन्त्यसम्म यो रकम २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण थप बढेको तथ्यांकले देखाउँछ । असोजसम्म तिर्न बाँकी राष्ट्रिय ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।






