Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महाशिवरात्रिको अवसरमा आइतवार सार्वजनिक बिदा

Editorial Team by Editorial Team
February 13, 2026
in Nepal, News
0
महाशिवरात्रिको अवसरमा आइतवार सार्वजनिक बिदा
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- २०८२ सालको सार्वजनिक बिदासम्बन्धमा २०८१ फागुन ११ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार आइतबार (फागुन ३) महाशिवरात्रिको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

आइतबार देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको महाशिवरात्रि पर्व आइततबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने परम्परा छ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास छ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ। महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

Advertisement Banner
Previous Post

Trump administration reaches trade deal to lower Taiwan’s tariff barriers

Next Post

UNICEF warns that child recruitment by armed groups in Haiti tripled last year

Editorial Team

Editorial Team

Next Post
UNICEF warns that child recruitment by armed groups in Haiti tripled last year

UNICEF warns that child recruitment by armed groups in Haiti tripled last year

Recommended

COVID kidney injury twice as common as diagnosed

Nepal records 83 new Covid-19 cases, 27 recoveries and zero death on Friday

4 years ago
As food prices rise, Japan helps WFP continue support to vulnerable displaced families in Iraq

As food prices rise, Japan helps WFP continue support to vulnerable displaced families in Iraq

4 years ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.