Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

Editorial Team by Editorial Team
April 19, 2026
in News, Pakistan, Politics
0
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं —नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आन्तरिक छलफल गरेर अब चालिने कदमबारे परामर्श गर्न उनले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।
नेता खड्काले शनिबार दिउँसो साढे ३ बजे निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक गोल्फुटारस्थित खड्का निवासमा बस्ने छ ।सर्वोच्च अदालतले पार्टीको आधिकारितासम्बन्धी दायर रिट खारेज गरेपछि शनिबार बिहानैदेखि निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका थिए । खड्कासँग छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका थिए ।स्रोतका अनुसार नेता खड्कासँग केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायतका नेताहरूले छलफल गरेका छन् ।
नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे वक्तव्यमार्फत् औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।स्रोतका अनुसार आइतबारसम्म निर्वामान खड्काको औपचारिक धारणा सार्वजनिक हुने छ ।

Advertisement Banner
Previous Post

· अख्तियारमा ५ वर्षमा ७९८ भ्रष्टाचार मुद्दा : ४ हजारभन्दा बढी प्रतिवादी, ३१ अर्बभन्दा बढी बिगो दाबी

Next Post

अबदेखि शनिबार ‘भेहिकल फ्रि असन’ ‘सवारीसाधन मुक्त असन सुरु

Editorial Team

Editorial Team

Next Post
अबदेखि शनिबार ‘भेहिकल फ्रि असन’ ‘सवारीसाधन मुक्त असन सुरु

अबदेखि शनिबार ‘भेहिकल फ्रि असन’ ‘सवारीसाधन मुक्त असन सुरु

Recommended

Nepal Bankers’ Association appoints four new executive committee members

Nepal Bankers’ Association appoints four new executive committee members

9 months ago
Nepal: Election police deployed on streets ahead of polls

‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.