काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी अभियन्ता सुदन गुरुङसँग आफूमाथि अन्याय भएको गुनासो गरेका छन् ।आज कारागार भेट्न पुगेका गुरुङसँग भएको एक घण्टा लामो कुराकानीका क्रममा लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको बताएका हुन् ।
भेटबारे जानकारी गराउँदै गुरुङले भने- ‘उहाँले आफूमाथि राज्यले आफूमाथि प्रतिशोध साँधेको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।’लामिछानेले अहिले चलिरहेको ‘जेनजी युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए ।रविलाई उद्धृत गर्दै गुरुङले भने- ‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस्।’रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए ।साथै उक्त भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबीचको एकताका विषयमा समेत छलफल भएको उनले बताए ।







Discussion about this post