पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुन: अदालत उपस्थित गराएको हो ।गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ
Trending Now
- Cricket: Australia beat India by six wickets to win series 3-1
- India To Send 2 Lakh Tonne Wheat To Nepal
- Delhi freezes under severe cold wave; dense fog disrupts flights, train services
- Myanmar to release thousands of prisoners to mark Independence Day
- US President Biden Awards Presidential Medal of Freedom to 19 individuals, Including Hillary Clinton & Lionel Messi
- घुम्न जाऔं धरान’ नारासहित पाँचदिने ‘धरान उत्सव’ सुरु
- Russia claims to have shot down eight advanced US-supplied missiles.
- नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण सम्पन्न
- काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुँदै : देखाइनेछ यी चलचित्र
- World’s oldest person dies at 116.
Comments are closed.