रम्बास् कविताःविद्रोह

विद्रोह

यी
लाखौँ
झु प डी
ग री ब का
उदारिदिन्छन्
जलाइदिन्छन् लौ
तिनैलाई बाडिन्छन्
राहत करोडौ खर्चन्छन्
मुटुहीन       शासकहरू।
खोसेर सबैका जिजीविसा
नैसर्गिक  अधिकारका
प्राकृतिक    धरहरा
भत्काएर आकाश
जमाउन खोज्छन्
अग्राधिकार
तानाशाह
वि द्रो ह
जारी
छ।

रोहिणी रशिक
बिराटनगर,नेपाल

Comments are closed.