Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘छापामार युवतीको डायरी’‘गुरिल्ला गर्ल’मा अनुवाद

himalaya Diary News Service by himalaya Diary News Service
May 4, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
‘छापामार युवतीको डायरी’‘गुरिल्ला गर्ल’मा अनुवाद
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — पूर्वी पहाडको इलाम पुर्ख्यौली थलो भएकी तारा राई १४ वर्षकै कलिलो उमेरमा सशस्त्र द्वन्द्वमा होमिइन् । माओवादी छापामार हुँदाको जीवन भोगाइलाई उतारेर ०६८ सालमा ‘छापामार युवतीको डायरी’ लिएर नेपाली लेखन क्षेत्रमा उदाइन् ।

उनको नामजस्तै जीवन भोगाइको किताब पनि पाठकमाझ लोकप्रिय छ । प्रकाशनमा आएको दशक भइसक्दा हालसम्म १३औं संस्करण बजारमा आइसकेको छ ।

‘छापामार युवतीको डायरी’ लाई अनुवाद तथा सम्पादन गरेर बेलायतबाट ‘गुरिल्ला गर्ल’ को नामबाट अंग्रेजी संस्करणमा प्रकाशित गरिएको छ । लेखनमा छुट्टै पहिचान बनाएकी भए पनि उनको क्षमतालाई लिएर औंला उठाउनेहरुको अझै कमी छैन । ‘मैले औपचारिक शिक्षा ६ कक्षासम्म मात्रै पढेको छु, यसैलाई लिएर मेरो लेखन क्षमतामाथि प्रश्न गरिन्छ, त्यति थोरै पढेकोले कसरी किताब लेख्न सक्छ र ! अरुले नै लेखिदिएका हुन् भनेर महिला लेखकहरूले नै भन्नुहुन्छ,’ यसले आफूलाई नमिठो महसुस गराउने गरेको मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सुनाइन् । उपन्यास लेखनमा व्यस्त उनले भनिन्, ‘यति धेरै लेख्न मन छ कि ती भ्रमहरुलाई चिर्नुछ, ‘लेखक हुँ’ भनेर प्रमाणित गरेर देखाउनुछ ।’

 

धनगढीमा बसेर लेखनमा क्रियाशील लेखक सानु चौधरी संघर्षको कथा सुनाउँदै १६ वर्षअघि फर्किइन् । उनी त्यतिबेला १५ वर्षकी थिइन् । पतिको मृत्यु हुँदा उनको काखमा ४ महिनाको छोरा थियो । पतिको मृत्युपछि परिवार, नातेदार, आफन्त, छरछिमेक तथा समाजबाट चरम विभेद भोगिन् । पति बितेको ८ वर्षपछि उनको दोस्रो विवाह भयो । यद्यपि लवाइखुवाइ, हिँडडुललगायत उनका हरेक गतिविधिमा अनावश्यक चियोचर्चा र कुरा काट्ने काम बन्द भएन । यसले उनलाई विद्रोही हुन सिकायो र एकल महिला भएकैले खपेका भोगाइलाई कवितामार्फत प्रस्तुत गर्न थालिन् ।

पत्रपत्रिकाहरु कविताहरु प्रकाशन हुन थाले । ती कविता र लेखहरु पढेर एकल महिलाहरुले खुसी व्यक्त गर्थे । उनलाई लेखनमा झन हौसला थप्थ्यो । तर लेखनलाई निरन्तरता दिन परिवारभित्रै संघर्ष गरिरहनुपरेको छ उनले । ‘दोस्रो विवाह गरे पनि म विधवा हुँदा भोगेको अनुभव अझै भुलेको छैन, यी विषयहरुमा लेख्न मन लाग्छ, लेख्दै आएको छु, तर विवाह भैसकेरपनि किन यस्तो लेख्छ भनेर मान्छेहरु नराम्रो तरिकाले हेर्छन्,’ लेखनलाई परिष्कृत र निरन्तरता दिन परिवारभित्रै संघर्ष गरिरहेकी उनले भनिन्, ‘तर मेरो कलमलाई कसैले रोक्न सक्दैन ।’ उनी महिलामाथिको थिचोमिचो, असमानता, भेदभावविरुद्ध लेखनमार्फत आवाज उठाउने गर्छिन् ।

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बेलायती राजदूतावासले आयोजना गरेको अन्तरक्रियामा महिला लेखकले आफ्ना अनुभव व्यक्त गरेका थिए । अन्तरक्रियामा बेलायती राजदूत निकोला पोलिटसँग देशभरमा महिला लेखकहरुबीच अनुभव आदानप्रदान भएको थियो । यसको संयोजन गर्ने सांग्रिला बुक्सकी सम्पादक तथा लेखक आन्विका गिरी, मनिषा गौचन (मुस्ताङ), पञ्चकुमारी परियार (खोटाङ), सीमा आभास (विराटनगर), शकुन्तला जोशी (इलाम), सानु चौधरी (धनगढी), तारा राई (झापा), लक्ष्मी माली र शोभा दुलालगरी ९ महिला लेखकहरुको सहभागिता थियो ।

सांग्रिला बुक्सकी सम्पादक तथा लेखक गिरीले सबै महिला लेखकहरुको लेखन संघर्षलाई संक्षेपिकरण गर्दै भनिन्, ‘हामी आफैले लेखेर, मेहनत गरेर पुरुषको दाँजोमा प्रतिस्पर्धामा आउनुपर्नेछ, लेख्नुछ, आफूलाई दरिलो लेखक हो भनेर प्रमाणित पनि गर्नुछ, हामी महिलाहरु दोहोरो जिम्मेवारीमा छौं ।’ लेखक मनिषा गौचनले भनिन्, ‘हामीले के लेखिरहेका छौं, कस्तो लेखिरहेका छौं भन्नेमा स्पष्ट हुँदै गुणस्तरीय लेखनलाई जोड दिनु जरुरी छ ।’

महिला लेखकहरुको अनुभव र संघर्ष सुनेपछि बेलायती राजदूत निकोला पोलिटले भनिन्, ‘बेलायतमा पनि महिला लेखकहरुले संघर्ष गरिरहेका छन्, नेपालबाट हेर्दा मात्रै सानो लागेको हो, उनीहरुले इन्टरनेट प्रविधिको माध्यमबाट स्वतन्त्र रूपमा आफैले पनि प्रकाशन गर्ने गर्छन्, नेपालमा पनि यो गर्न सक्नुहुन्छ, चुनौतीहरू सामना गर्न जरुरी छ ।

Advertisement Banner
Previous Post

ADB Expands Policy-Based Lending to $18 Billion Between 2022 and 2024 and Enhances Crisis Response

Next Post

बानिरा फाउण्डेसनको उद्घाटन्

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
बानिरा फाउण्डेसनको उद्घाटन्

बानिरा फाउण्डेसनको उद्घाटन्

Recommended

Four Indians Arrested In Nepal For Casino Fraud Nation 

Four Indians Arrested In Nepal For Casino Fraud Nation 

8 months ago
“Amrit Kaal gives us the opportunity to work towards a strong, developed and inclusive India”: PM Narendra Modi

“Amrit Kaal gives us the opportunity to work towards a strong, developed and inclusive India”: PM Narendra Modi

4 years ago

Don't Miss

China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.