राम्बस कविता: प्रकृति

प्रकृति


हे र
प्रकृति
सजिएकी
तिमी अत्यन्त
सुन्दर     लवज
मनोहर     आकृति
थपक्क   यो  सजावट
कति विध झकिझकाउ
आहा सुन्दरअप्सराजस्ति
सौन्दर्यमा  झुलिरहेकी
सौहार्दता पस्किएकी
रूपमा सजिएकी
तिमी   मनोहर
अत्यन्त सुन्दर
कति विधि
झपक्क
राम्री
छौ।

 

भागिरथी ज्ञवाली

Comments are closed.