बिडम्बना
“”””””””””””'”
त्यो
गोठ
शून्य छ
अशान्त छन्
गाई र बाच्छा
छैन शुद्ध चारो
रासायनिक सबै
हुँदैछ मरुकरण
सारा विस्तीर्ण धरातल
रोप्दैन एक बिरुवा कोहि
तैं छाड़ मैं छाड़ छ काट्ने
भविष्य अन्धकार छ
लालचको वशमा ।
कस्तो विडम्बना
मान्छेको शत्रु
मान्छे नै हो
अबूझ
मूर्ख
खै?
लोकनाथ शर्मा, जागुन
Comments are closed.