रम्बास कविता: पारिजात

 

पारिजात
****
यो
पुष्प
स्वर्गीय
सुवासको
वृक्ष धराको,
नाम पारिजात।
रजनी सुवासित,
प्राण पुलकित पार्ने
पुष्पवाटिकाको वैभव।
रातमा फुल्ने रातमै झर्ने
प्रात:बटुल्ने लक्ष्मी पुज्ने
गजरा बन्छ खोपामा
सुन्दर, सुहाउँदो।
निर्मल यो पुष्प
मनमोहक।
कल्पवृक्ष
मानेर
रोपौँ
है।
***

म टंक सिटौला, आसाम

 

Comments are closed.