Trending Now

रम्बास कविताःउच्चाकाङ्क्षा

उच्चाकाङ्क्षा


बाटो
दु र्ग म
सत्यताको।
कठिन   यात्रा
गर्नु छ    सङ्घर्ष
ईर्ष्या  राख्नु हुन्न है
सङ्ग्राम    गर्नु छ सधैँ
छोड्नु  हुँदैन उच्चाकाङ्क्षा
कठिनाई   देख्दै डर्नु किन
नागबेली  बाटो नाघ्नु छ
दिनु छ  अग्नि परीक्षा
हतोत्साह किन हँ?
छैन  असम्भव
प्रयास  गरौ
सफलता
हासिल
हुन्छ
है।

प्रदीप शर्मा
असम

Comments are closed.