Trending Now

रम्बास कविता:चेतावनी

चेतावनी

भो
दिन्न
चिथोर्न
नङ्ग्याउन
मेरो  अस्मिता
बीच    सडकमा
सेतो   कोटले  छोपी
मनको   कालो   अँध्यारो
सुकिलो   हुने  दावा तेरो
पहिरन   हुन्न  परिचय
पवित्र   कर्म  हुनुपर्छ
मुखौटो भित्र लुक तँ
आवरण खोल्ने छु
प्रकृत स्वरूप
छर्लङ्ग हुन्छ
सङ्कल्प यो
अ डि ग
मे रो
हो |

मनीषा दाहाल
रौता, असम

Comments are closed.