साख
यी
मेरा
आँखाले
भौँतारि दै
तलास्छ साख
हजारौं आँखामा।
प्वाँख लागेको मन
अडिने क्षितिज छैन,
मलाई माफ गरिदेउ
मेरा नजरको दोष छैन।
प्रेम रसाल आँखा मेरा
चुमि दिने कोही छैन,
आँखाका तरेलीमा
रम्ने कोही छैन।
व्यर्थको खोज
हुने होकि
आजन्म
साख
त्यो?
टंक सिटौला,
आसाम
Comments are closed.