स्वप्न
यो
ध र्ती
आका स
बीचको त्यो
अन्तराल झैं
गम्दै शून्यतामा
एक बटुवा मनमा
खोज्छ अनेकौँ उत्तर
अर्थ आफू मान्छे हुनुको
जन्मनु मर्नुको परिभाषा
निःशब्द छ प्रत्यत्तरमा
उडिरहेको बादल
चलेको छ पवन
अचानका आँखा
पाउँछ खोल्दा
आ फू ला ई
ओछ्यान
मा थि
ऊ।
राधा पाण्डे
गान्तोक सिक्किम
Comments are closed.