सर्वोच्चमा फेरी पनि मुद्दा परेपछि रवि आक्रमक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको सक्कल निस्सा सर्वोच्च अदालतमा बुझाई सकेको बताएका छन् । साथै, अमेरिकी नागरिकता त्याग गरेको भन्ने सर्वोच्चले यस अघि गरेको फैसलाबाट पुष्टि भइसकेको उनले बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले आफूलाई पटक– पटक इरिटेट गराउने काम भएको बताएका हुन् ।
उनको सांसद अयोग्यता सम्बन्धि प्रश्न उठाउँदै नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले सर्वोच्चमा उनीविरुद्ध रिट दर्ता गराएका छन् । उनको रिटमा आगामी जेठ १७ गते सुनुवाइ तोकिएको छ ।
उनले लेखेका छन्ः
‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य गरेको छ।
२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४. घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।’

Comments are closed.