काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् ।न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।
सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने तयारी छ ।रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने प्रहरीलाई बताएका छन् । सोही अनुसार उनलाई रिहा गर्न लागिएको एक प्रहरी अधिकारीले बताए ।सभापति लामिछानेसहित सोही प्रकरणका छविलाल जोशी र रामबहादुर खनाललाई पनि मेडिकल जाँचका लागि लगिएको छ ।
Trending Now
- Farewell to the Women’s U-19 Team for the World Cup
- Over 52,000 Syrians return home from Turkey
- अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
- Ukraine claims 13 of its citizens killed in latest Russian attack
- LA wildfires become most expensive in US history: Death toll rises
- प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
- Courtesy meeting of South Korean Ambassador Park Tae with Labor Minister Bhandari.
- More than 4,000 tourists visited Upper Mustang
- नेप्से परिसूचक १८ अङ्कले घट्यो
- डम्बर विकलको हरामी हुन् मन छ’ गीत सार्वजनिक