‘लन्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शनमा आउँदै

काठमाडौँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शनमा आउँदै छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्मा देखिएका छन् । सबै कलाकारको रोमान्टिक मुड पोस्टरमा समेटिएको छ ।

फिल्ममा साम्राज्ञी, निश्चल, कबिर र गरिमाको अलवा अलवा रुस्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय छ । निश्चल र गरिमाको यो डेब्यु फिल्म हो ।ट्राभल लभस्टोरीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत, परी राना निर्माताका रूपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माताको रूपमा छन् ।

Comments are closed.