समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न आज २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ “रोदन”को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित “समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण समारोहको आयोजना गर्यो । सो कृतिको लोकार्पण शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, सम्पादक श्रीओम श्रेष्ठ “रोदन”, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली, समालोचकहरु प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले सयुक्त लोकार्पण गरेका थिए । लोकार्पित कृतिउपर समालोचकहरु प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले आआफ्नो मन्तव्य राखेका थिए । कृतिमा पैतालिस लेखकका आत्मपरक निबन्ध समेटएका छन । कार्यक्रम शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष लेकाली, सम्पादक श्रीओम श्रेष्ठ “रोदन” र प्रकाशक केशव पराजुलीले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन लेखक श्रीबाबु कार्कीले गरेका थिए ।
Trending Now
- Nepal prepares itself for HPV vaccination drive; GAVI provides Anti-cancer ‘HPV’ vaccine doses to Nepal
- Nepal Govt issues travel advisory for citizens visting Myanmar, Thailand, Cambodia and Laos
- Bollywood actor Harry Josh arrived in Kathmandu
- Why does Trump want to purchase Greenland?
- Three killed, including two journalists, in Haiti news conference
- Japan aims to boost annual infrastructure exports to 45 trillion yen
- ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात
- Partly cloudy in Kathmandu Valley today
- Meeting between Prime Minister Oli and the Pakistani Ambassador
- Festivals help to strengthen national unity: President
Comments are closed.