काठमाडौं — चलचित्र ‘अञ्जिला’को मर्मस्पर्शी गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक भएको छ । बिहीबारदेखि प्रदर्शनमा आएको ‘अञ्जिला’को गीत आज युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा दुःख, पीडा र बेदना पोख्ने शब्द छन् । गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवनकाथाका केही अंश बोल्छ ।
गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । थानेश्वरको संगीत र प्रभा बर्तौलाको शब्दरचना छ ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
चलचित्रमा एन्जिलासँगै सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
Trending Now
- शान्ता र चिरञ्जीवीका दुई पुस्तक प्रकाशित
- नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
- सचिन भट्टराई र शान्तिश्री परियारको ‘यूके लान्छु’ सार्वजनिक
- Hamas rejects new Israeli ceasefire offer
- Nepal Mahotsav-2025 held in New Delhi, Indian businessmen are willing to invest in Nepal
- Ukrainian President Zelensky said – the American special envoy is spreading the Russian story
- हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई
- चितवन जाँदै प्रधानमन्त्री ओली, ६ लेनको आधुनिक सडकको उद्घाटन गर्ने
- केही दिन धैर्य भएर लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
- बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको चेतावनी
Comments are closed.