काठमाडौं — चलचित्र ‘अञ्जिला’को मर्मस्पर्शी गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक भएको छ । बिहीबारदेखि प्रदर्शनमा आएको ‘अञ्जिला’को गीत आज युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा दुःख, पीडा र बेदना पोख्ने शब्द छन् । गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवनकाथाका केही अंश बोल्छ ।
गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । थानेश्वरको संगीत र प्रभा बर्तौलाको शब्दरचना छ ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
चलचित्रमा एन्जिलासँगै सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.