नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् ।
यसै क्रममा गायिका सुमित्रा गौतम लगायत गायिकाको सयुक्तमा ‘मायालुले वाउ भन्नेछन् ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा हिरा माया वाईवा र बसन्ती लामाले स्वरमा साथ दिएका छन्। यस गीतको शब्द तथा संगीत गायिका बसन्तीकै रहेको छ ।
केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेकोम्युजिक भिडियोमा हिरामाया वाइबा, निकिसा श्रेष्ठ, मुना ढुङ्गाना, राज टाइगर,राज संगम, शितला पुन, गोविन्द शर्मा र सिर्जना लामा लगायत कलाकारको अभिनय रहेको छ ।
गीतको भिडियोलाई विशाल थापाले खिचेका हुन् भने भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।
बसन्ती लामाको युट्युबमार्फत् दृश्य सार्वजनिक गरिएको छ गीतलाई सुन्दर लामाले एरेन्ज तथा मिक्सिङ गरेका छन् । यसैगरी, उक्त गीत त्रीताल स्टिडियोमा रेकर्ड गरिएको थियो । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ
Trending Now
- KP Sharma Oli, Prime Minister of Nepal, leading a Nepali delegation to the 79th session of the United Nations General Assembly (UNGA), arrived in New York
- The Rainbow Relationship, A Poem by Rachana Sunar
- Chief of the Army Staff General Ashok Raj Sigdel meets with former Chiefs of the Army Staff of the Nepali Army
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
Comments are closed.