Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News
0
४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार साउनदेखि कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ४ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक महिनामै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यही महिनामा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
यस्तै, चार महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा १ लाख ४७ हजार ४ सय ७८ जनाले अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म यो रकम २६ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँ थियो, जसमा १४ दशमलव १ प्रतिशत वृद्धि भएको हो ।

चार महिनासम्म चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको चार महिनामा कुल वस्तु निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेर ९३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । कुल वस्तु आयात १८ दशमलव ७ प्रतिशतले बढेर ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यससँगै कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, गएको कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ११ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ५ दशमलव ६० प्रतिशत थियो ।

Advertisement Banner
Previous Post

Dhaka University students stage symbolic protests on Martyred Intellectuals Day

Next Post

Price of diesel and kerosene reduced, of petrol increased

Editorial Team

Editorial Team

Next Post
Nepal Govt considering two-day govt holiday to curtail fuel consumption as prices surge

Price of diesel and kerosene reduced, of petrol increased

Recommended

The Most Fulfilling Way to Enjoy Your Success Is to Create a Lasting Legacy

4 years ago
कम्बोडिया -नेपालअन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा

कम्बोडिया -नेपालअन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.