प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डाको तीन दिने भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्कनुभएको छ ।

युगाण्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहाल स्वदेश फर्कनु भएको हो ।

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरू र उच्च अधिकारीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री एनपी साउद लगायत भ्रमण दलका सदस्य स्वदेश फर्कनु भएको छ ।

Comments are closed.