राजेशपायल राईलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै जहाजबाटै फर्काइयो

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ ।
बिहीबार दुबई जान लागेका गायक राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो । प्रहरी स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेको विमानस्थल स्रोतले बताएको छ ।जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

Comments are closed.