काठमाडौँ– रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी शर्मालाई प्रदान गरेको छ। सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गरे। पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ। नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो। उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवामा पाण्डेले उल्लेखनीय योगदान गरेका छन्। उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ। यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो।
Trending Now
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
- स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने
- सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
- अर्यालको ‘ए मायालु’ सार्वजनिक
Comments are closed.